झापा ११ फुटबल क्लब भारतमा पराजित
काठमाडौं । झापा ११ फुटबल क्लब दोस्रो मन्त्री स्वर्ण कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। भारतको सोरेङमा भएको खेलमा झापा सिङलिङ स्पोर्टिङ क्लबसँग ४ ० ले पराजित भयो । सिङलिङका लागि सोम कुमारले खेल शुरु भएको पाँचौ र २६औं मिनटमै गोल गर्दै अग्रता दिलाए ।
अर्कोतिर झापा ११ ले खेलमा निरन्तर आक्रमण बनाएतापनि प्रतिद्वन्द्वी टोलीको गोलनेट हल्लाउन भने असफल रह्यो। सिङलिङले दुई गोलको अग्रतामा पहिलो हाफ टुंगयायो। दोस्रो हाफको खेल शुरु हुनसाथ सिङलिङका सञ्जय सुब्बाले तेस्रो गोल थपेर गर्दै खेलमा ३ ० को अग्रता बनाए । यसै क्रममा सिङलिङले अझ एउटा गोल थप्दै आफ्नो जित पक्का गर्यो। जितसँगै सिङलिङ स्पोर्टिङ क्लब प्रतियोगिताको सेमिफाइनलमामा प्रवेश गरेको छ ।

टिप्पणी लेख्नुहोस्