टाइम्स र रातो बंगला भिड्ने
काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र रातो बंगला १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले नवोदितलाई ६१–४५ ले पराजित ग¥यो । टाइम्सको जितमा सिमोनले २३ अंक योगदान गरे । आर्भन श्रेष्ठको २२ अंक सहयोगमा रातो बंगलाले सीसीआरसीलाई ६९–५६ ले हरायो ।
गल्र्समा गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेजले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल आइतबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्