लेख विवरण

टाईगर युवा क्लबले जित्यो मीनबहादुर केसी स्मृती कप फुटबलको उपाधि

टाईगर युवा क्लबले जित्यो मीनबहादुर केसी स्मृती कप फुटबलको उपाधि

दाङ । दाङ तुलसिपुरको दमारगाउँमा सञ्चालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गिय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि आयोजक टाईगर युवा क्लब तुलसिपुर ३ ले जितेको छ ।

टाईगर युवा क्लब तुलसिपुर ३ दमारगाउँको आयोजनामा सञ्चालित प्रतियोगिताको आज बिहीबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योति फुटबल क्लब तुलसिपुर ६ लाई सुन्यका विरुद्ध २ गोलअन्तरले पराजित गर्दै टाईगर युवा क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद एक लाख तीस हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको ज्ञान ज्योति उपबिजेतामा सिमित रहँदै नगद पैसट्ठी हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकको उपस्थिमा टाईगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को समाप्तिसम्म गोलरहित बराबरी भएपनी दोस्रो हाफ्को ९ औं मिनेटमा जर्सी नम्बर १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । त्यस्तै जर्सि नम्बर ५ का विजय सिंह ठकुरीले दोस्रो हापको १८ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई २-० को जित निकाल्न सफल भए ।

फुटबल खेलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका आयोजना गरिएको प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको थियो । 

यसैबीच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबिर गुरुङको अध्यक्षता तथा ९९ वर्षीय बयोवृद्ध समाजसेवी ब्यक्तित्व तिलकबहादुर मल्लको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य टेक बहादुर बिकको विशिष्ट आतिथ्यमा भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.