लेख विवरण

टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर शाकिब

टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर शाकिब

काठमाडौंँ । बङलादेशका कप्तान शाकिब अल–हसन टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । टी–२० आईको सर्वाधिक विकेट टेकर बलरको रुपमा उनले न्युजिल्यान्डका फास्ट बलर टिम साउदीलाई पछाडी पारेका छन । शाकिबले बुधवार आयरल्यान्ड बिरुद्धको खेलमा पाँच विकेट लिँदै यो किर्तिमान बनाएका हुन ।

साउदीले १ सय ६ टी–२० खेलको १ सय ४ पारीमा १ सय ३४ विकेट लिएका छन । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चेर ५ विकेट रहेको छ । शाकिबले १ सय १४ टी–२० खेलको १ सय १२ पारीमा ६.८ को इकनोमी रेटमा २०.६७ को औसतले १ सय ३६ विकेट लिन सफल भएका छन । साथै उनले १२२.३३ को स्ट्राइक रेटमा २ हजार ३ सय ३९ रन पनि बनाएका छन् ।

बङलादेशका स्टार अलराउन्डर शाकिबले सन् २००६ मा जिम्बाब्बे बिरुद्ध टी–२० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म १ सय १४ टी–२० अन्तराष्ट्रिय खेल खेलेका छन् । उनले आइसीसी पुरुष टी–२० विश्वकपको सातवटै संस्करणमा खेलेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.