लेख विवरण

टी–२० अन्तर्राष्ट्रिय स्टेन्डिङ क्रिकेट शुक्रबारदेखि

टी–२० अन्तर्राष्ट्रिय स्टेन्डिङ क्रिकेट शुक्रबारदेखि

काठमाडौं । नेपाल ह्वीलचेयर क्रिकेट संघको आयोजनामा टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) सिरिज शुक्रबारदेखि सुरु हुने भएको छ । तीन खेलको सिरिज जेठ ३० गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी दिए ।

सिरिजमा नेपाल र भारतबीच तीन खेल हुनेछ । प्रतियोगितालाई गरिमा बैंक, एसबीआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज, बोधीसत्व बिहारलगायतले सहयोग गरेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.