लेख विवरण

टी–२० क्रिकेटमा विश्व कीर्तिमान, पहिलो पटक एकै खेलमा बन्यो ५०० रन

टी–२० क्रिकेटमा विश्व कीर्तिमान, पहिलो पटक एकै खेलमा बन्यो ५०० रन

काठमाडौं । दक्षिण अफ्रिकाको घरेलु टी २० प्रतियोगिताको एक खेलमा ५०१ रन बनेको छ । टाइटन्स र नाइट्सबीचको खेलमा कीर्तिमानी रन बनेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टाइटन्सले २० ओभरमा तीन विकेट गुमाएर २७१ रन बनाएको थियो । सोमबार भएको सिएसए टी २० च्यालेन्जको खेलमा ओपनर डेभाल्ड ब्रेभिसले ५७ बलमा समान १३ चौका र छक्का प्रहार गर्दै १६२ रन बनाए ।

विशाल लक्ष्य पछ्याउँदै नाइट्सले २० ओभरमा ९ विकेट गुमाएर २३० रन बनायो र ४१ रनले पराजित भयो।

टी–२० क्रिकेटमा यसअघिको उच्च स्कोर ४९७ रन सुपर स्म्यासको २०१६ १७ को सिजनमा सेन्ट्रल डिस्ट्रिक्ट्स र ओटागो बीचको खेलमा बनेको थियो।

पोचेफस्ट्रुममा दुवै टोलीले एकसाथ ३६ छक्का प्रहार गरेका छन्, जुन टी–२० खेलमा तेस्रो सर्वाधिक छक्का हो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.