टी–२० विश्वकपः इंग्ल्यान्डले न्यूजिल्याण्डलाई २० रनले हरायो
काठमाडौं । न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप देखी बाहिरिनबाट जोगिएको छ । जितसँगै जोस बटलरको टोली समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने अष्ट्रेलिया दोस्रोबाट तेस्रोमा झरेको छ । अब अष्ट्रेलिया प्रतियोगिता देखी बाहिरिने खतरामा रहेको छ । समुह १ को शीर्ष स्थानमा न्यूजिल्याण्ड रहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले किवी टोलीलाई १८० रनको लक्ष्य दिएको थियो, जवाफमा किवी टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन मात्रै बनायो र इंग्ल्याण्डले खेल २० रनले जित्यो ।
इंग्ल्यान्डको आक्रमक बलिङको अगाडि न्युजिल्यान्डका ब्याट्सम्यानहरु टिक्न सकेनन् । किवी टोलीको सुरुवात निकै खराब रह्यो । दोस्रो ओभरमै डेभोन कोनवे मात्र ३ रनमा पेभेलियन फर्किए । ८ रनको स्कोरमा किवी टोलीलाई अर्को झट्का लाग्यो । टोलीले रिकभर गर्न सकेन र फिन एलनको रुपमा २८ रनमा दोस्रो विकेट गुमायो ।
दोस्रो विकेट खसेपछि केन विलियम्सनको टोली समस्यामा परेको थियो । टोलीलाई समस्याबाट बाहिर निकाल्न विलियम्सनले ग्लेन फिलिप्ससँग राम्रो साझेदारी गर्दै स्कोरलाई ११९ रनमा पुर्याए । विलियम्सन ४० रन बनाएर प्याभिलियन फर्किएपछि जेम्स निशम पनि आउट भएका थिए । फिलिप्सले एक्लै संघर्ष गरे पनि १७.३ ओभरमा १३५ रनमा न्युजिल्यान्डलाई छैटौं झटका लाग्यो। यसपछि किवी टोलीले पुनरागमन गर्न सकेन ।
यसअघि इंग्ल्यान्डले जोस बटलर (७३) र एलेक्स हेल्स (५२) रनको अर्धशतकीय पारिमा २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। बटलर र हेल्सले इंग्ल्याण्डलाई बलियो सुरुवात दिलाए र ८१ रनको साझेदारी गरे। हेल्सको ११ औं ओभरमा पहिलो विकेटको रुपमा आउट भए । त्यसपछि बटलरले मोइन अलीको साथ पाए तर दुवैको साझेदारी खासै टिक्न सकेन र टोलीलाई दोस्रो झटका १०८ रनको स्कोरमा लाग्यो । मोइनले मात्र ५ रन बनाए ।
त्यसपछि बटलरले लियाम लिभिङस्टोनको साथ पाए र इनिङ्सलाई १५३ रनमा पुर्याए तर लिभिङस्टोन पनि १७.४ ओभरमा प्याभिलियन फर्किए र इंग्ल्याण्डको इनिङ्स खस्कियो । त्यसपछिका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बटलरको रूपमा इंग्ल्याण्डलाई १६२ रनमा पाँचौं झटका लाग्यो । त्यसपछि बेन स्टोक्सले पनि इनिङ्सलाई गति दिन सकेनन् र अन्तिम ओभरको ५ औं बलमा आउट भए । न्युजिल्यान्डका लकी फर्गुसनले ४५ रन दिएर २ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्