लेख विवरण

टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा

टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा

काठमाडौंँ । अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आईसीसी महिला टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा गरिएको छ । टोलीको कप्तानमा हरमनप्रीत कौर र उपकप्तान स्मृति मन्धाना रहेका छन । घाइते भएर बाहिर रहेकी पूजा वस्त्रकार टोलीमा फर्किएकी छिन् । त्यस्तै स्नेह राणासहित ३ जनालाई रिजर्भ खेलाडीमा राखिएको छ ।

आठौं महिला टी–२० विश्वकप दक्षिण अफ्रिकामा २०२३ फेब्रुअरी १० देखि सुरु हुँदैछ। भारत प्रतियोगिताको समूह २ मा पाकिस्तान, इंग्ल्याण्ड, वेस्ट इन्डिज र आयरल्याण्डसँग छ । भारतले पहिलो खेल फेब्रुअरी १२ मा पाकिस्तानसँग खेल्नेछ ।

टी–२० विश्वकपका लागि भारतीय टोलीः हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), शेफाली वर्मा, यास्तिका भाटिया (विकेटकिपर), रिशा घोष (विकेटकीपर), जेमिमाह रोड्रिग्स, हरलिन देओल, दीप्ती शर्मा, देविका वैद्य, राधा यादव, रेणुका ठाकुर, अञ्जली सर्वानी, पूजा वस्त्रकार, राजेश्वरी गायकवाड र शिखा पाण्डे।

रिजर्भः सबिनेनी मेघना, स्नेह राणा र मेघना सिंह।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.