टी–२० विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग पराजित
काठमाडौं । टी–२० विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको छ । टस जितेर पहिले बलिङ गरेको श्रीलंकाले अल आउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । टोलीका लागि कप्तान दासुन शनाकाले सवाधिक २९ रन बनाउदा भानुका राजापक्षा (२०), धनंजय डीसिल्वा (१२) र महीश थीक्षनाले अविजित ११ रन बनाए । नामिबियाका डेविड वीसा, बर्नार्ड स्कोल्ट्ज़, बेन शिकोंगो र यान फ़्रायलिंकले २/२ विकेट लिए । जेजे स्मिटले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६३ रन बनायो । टोलीका लागि यान फ़्रायलिंकले सर्वाधिक ४४ रन बनाए । जेजे स्मिटले १६ बलमा अविजित ३१ रन बनाउदा स्टेफ़ान बार्डले बनाएर आउट भए । नामिबिया कप्तान एरार्ड इरास्मस र यान निकोल लॉफ़्टी-इटनले समान २०/२० रन बनाए । स्टेफ़ान बार्ड २६ रन बनाएर आउट भए । श्रीलंकाका लागि प्रमोद मदुशनले २ विकेट लिदा महीश थीक्षना, दुश्मांता चमीरा, चमिका करुणारत्ना र वनिंदु हसरंगाले एक/एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्