लेख विवरण

टी–२० विश्वकपबाट बाहिरिए हजरतुल्लाह

टी–२० विश्वकपबाट बाहिरिए हजरतुल्लाह

काठमाडौं । अफगानिस्तानका ओपनर हजरतुल्लाह जाजाई टी–२० विश्वकपबाट बाहिरिएका छन् । पेटको मांसपेशीमा भएको समस्याका कारण उनी बाहिरिएको टोलीले जनाएको छ । जाजईको स्थानमा गुलबदिन नाइबलाई समावेश गरिएको छ ।

नाइब गत वर्षको टी(२० विश्वकपमा पनि अफगानिस्तानको टोलीमा थिए। यसपटक रिजर्भ खेलाडीको रुपमा उनलाई टोलीमा राखिएको थियो ।

जाजाईले प्रतियोगितामा एक मात्र पारी खेल्दै जम्मा ७ रन बनाएका छन् । २४ वर्षीय जाजई अफगानिस्तानको ब्याटिङ लाइनअपको प्रमुख हिस्सा थिए।

जाजाई बाहिरिएपछि उस्मान घानीले अफगानिस्तानी टोलीका लागि ओपनरको भूमिका खेल्न सक्छन् । यसबाहेक दर्विश रसुलीलाई पनि प्लेइङ ११ मा राख्न सकिनेछ । तर, उनीसँग अहिलेसम्म चारवटा टी–२० अन्तर्राष्ट्रिय खेलको मात्र अनुभव छ ।

अफगानिस्तानसँग नायबलाई प्लेइङ इलेवनको हिस्सा बनाउने र इब्राहिम जाद्रानलाई ओपन गराउने विकल्प पनि रहेको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.