टी–२० विश्वकपमा विराट कोहलीले बनाए सबैभन्दा बढी रन बनाउने किर्तिमान
काठमाडौं । जारी टी–२० विश्वकपमा विराट कोहलीले सबैभन्दा बढी रन बनाउने किर्तिमान बनाएका छन । उनले २५ खेलको २३ इनिङ्समा उक्त कीर्तिमान बनाएका हुन ।

बंगलादेशविरुद्धको खेलमा उनले आफ्नो इनिङ्सको १६ औं रन बनाएपछि टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

कोहलीले टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने श्रीलंकाका महेला जयवर्धनेको कीर्तिमान तोडेका छन् । जयवर्धनेले सन् २००७ देखि २०१४ को बीचमा खेलिएका टी–२० विश्वकपका ३१ खेलका ३१ इनिङ्समा १ हजार १ सय ६ रन बनाएका थिए । उनलाई विराट कोहलीले पछि पारेका छन् ।

कोहली बाहेक रोहित शर्मा पनि टी–२० विश्वकपमा १ हजार रन पूरा गर्ने नजिक छन् । उनले ३७ खेलको ३४ इनिङ्समा ९ सय भन्दा बढी रन बनाएका छन् ।

विराट कोहली, महेला जयवर्धने र रोहित शर्मासँगै क्रिस गेल पनि टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा छन् । उनी अहिले सूचीको तेस्रो नम्बरमा छन् भने रोहित चौथो नम्बरमा छन् । ( ALL Photo: AFP)

टिप्पणी लेख्नुहोस्