लेख विवरण

टी–२० विश्वकप ग्लोबल छनोट टोलीको घोषणा

टी–२० विश्वकप ग्लोबल छनोट टोलीको घोषणा

काठमाडौँ। नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवलाई समेट्दै टोलीको घोषणा गरेको हो । टोलीमा पुराना बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी अटाएका छैनन ।

मुख्य प्रशिक्षक पुवुदु दसानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडी र बुधबार सम्पन्न प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन । टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले पूनरागमन गरेका छन ।

टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुने छनोट खेलमा समूह ‘ए’ मा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् ।

समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपाली टोली ः

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र लोकेश बम ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.