लेख विवरण

टी–२० विश्वकप : नेदरलन्ड्सले युएईलाई पराजित गर्यो

टी–२० विश्वकप : नेदरलन्ड्सले युएईलाई पराजित गर्यो

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप अन्तर्गत दोस्रो खेलमा नेदरलन्ड्सले युएईलाई तीन विकेटले पराजित गरेको छ ।

समूह ए को दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर १११ रन बनायो । युएईका लागि मुहमद वासीमले सर्वाधिक ४१ रनको योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रिएको नेदरलन्ड्सले १९.५ ओभरमा सात विकेट गुमाएर ११२ रन जोड्दै जित निश्चित गर्‍यो । नेदरलन्ड्सका लागि म्याक्स ओडोवड २३ रन जोडे ।

युएइको लागि बलिङतर्फ जुनाइद सिद्दिकले सर्वाधिक तीन विकेट लिए भने नेदरलन्ड्सका लागि बर डि लिडीले सर्वाधिक तीन विकेट लिए ।

आजै भएको समूह ए को पहिलो खेलमा नामिबियाले श्रीलङ्का लागि ५५ रनले पराजित गरेको थियो । एक–एक खेल जितेका नमिबिया र नेदरलन्ड्सले समान २–२ अङ्क जोडेका छन् ।

टी–२० विश्वकप अन्तरगत सोमबार स्कटलन्ड विरुद्ध वेस्ट इन्डिज र आयरलन्ड विरुद्ध जिम्बावेको खेल हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.