लेख विवरण

टी–२० विश्वकप : न्युजिल्यान्डको श्रीलङ्कामाथि सानदार जित

टी–२० विश्वकप : न्युजिल्यान्डको श्रीलङ्कामाथि सानदार जित

काठमाडौं । अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा न्युजिल्यान्डले श्रीलङ्कामाथि सानदार जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ६५ रनले हरायो ।

जितका लागि न्युजिल्यान्डले दिएको एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्का १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय दुई रनमा समेटियो । श्रीलङ्काका लागि कप्तान दसन सनाकाले ३५ रन बनाए । भानुका राजापाक्षेले ३४ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार विकेट लिए । मिचेल सान्टनेरले दुई तथा टिम साउथी, लोकेइ फर्गुसन र इश सोधीले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक एक सय चार रन बनाए । उनले ६१ बलमा शतक पूरा गरेका थिए ।

डर्याल मिचेलले २२ र मिचेल सान्टनार ११ रन बनाए । बलिङमा श्रीलङ्काका कासुन रजिथाले दुई विकेट लिए । महेश थिक्सना, धनञ्जय डी सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराले एक एक विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको न्युजिल्यान्ड शीर्षस्थानमा छ ।

न्युजिल्यान्डले दुई खेलबाट तीन अङ्क बनाएको छ । पराजित श्रीलङ्का दुई अङ्क सहित पाँचौँ स्थानमा छ । दुई खेल खेलेको इङ्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाको पनि समान तीन अङ्क छ । तालिकाको अन्तिममा रहेको अफगानिस्तानको तीन खेलबाट दुई अङ्क छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.