टी-२० क्रिकेटमा रहकेम कोर्नवालको दोहोरो शतक, २२ छक्का प्रहार गर्दै बनाए २०५ रन
काठमाडौं । टी–२० क्रिकेटको कुरा गर्दा सबैभन्दा पहिले वेस्ट इन्डिजका खेलाडीहरुको नाम आउँछ । क्यारेबियन खेलाडीहरू विश्वका प्रायः टी-२० लिगहरूमा खेल्छन् र विस्फोटक ब्याटिङ गरेर दर्शकहरूलाई मनोरञ्जन दिन्छन्। यस्तै एउटा उपलब्धि वेस्ट इन्डिजका अलराउन्डर रहकेम कोर्नवालले एट्लान्टा ओपन नामको अमेरिकी टी–२० प्रतियोगितामा बनाएका छन् ।
कर्नवालले एट्लान्टा फायरबाट खेल्दै स्क्वायर ड्राइभविरुद्ध टी–२० क्रिकेटमा दोहोरो शतक बनाएका छन् । टी–२० क्रिकेटको इतिहासमा यो पहिलो दोहोरो शतक हो। क्यारेबियन अलराउन्डरले ७७ बलमा २०५ रन बनाएका छन । यस क्रममा उनले १७ चौका र २२ छक्का प्रहार गरे । उनले इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गर्दै दोहोरो शतक पूरा गरे। यसअघि उनले ४३ बलमा शतक पूरा गरेका थिए ।
पहिले ब्याटिङ गरेको एट्लान्टा फायरले २० ओभरमा एक विकेट गुमाएर ३२६ रन बनाएको थियो । रहकीम कोन्वालका अलावा स्टिभन टेलरले १८ बलमा ५ छक्का र ५ चौकाको मद्दतले ५३ रन बनाए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सामी असलमले २९ बलमा ५३ रन बनाए । जवाफमा स्क्वायर ड्राइभको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । यशवन्त बालाजीले ३८ र वरुण साई मन्थाले ३६ रन बनाए ।
रहकीम कर्नवालले आफू ३६० डिग्री खेलाडी भएको दाबी गर्दे प्रायः हिटिङको अभ्यास गर्ने नगरेको बताए । उनले अहिलेसम्म ६६ टी–२० खेल्दै १४७.४९ को स्ट्राइक रेटमा १ हजार १ सय ४६ रन बनाएका छन् । उनले भने, 'मैले कुनै रेन्ज हिटिङ गरेको छैन र मलाई लाग्छ कि मेरो छक्का प्रहार स्वाभाविक हो। मलाई लाग्छ कि म मैदानको हरेक क्षेत्रमा बलियो छु र म ३६० डिग्रीको खेलाडी हुँ। त्यसैले म शट छनोटमा ध्यान केन्द्रित गर्छु र बल मेरो क्षेत्रमा नआउञ्जेल कुर्ने गर्छु ।'
ARE YOU NOT ENTERTAINED?!
— Minor League Cricket (@MiLCricket) October 6, 2022
Rahkeem Cornwall put Atlanta Fire on top with a DOUBLE century going 205*(77) with 2️⃣2️⃣ MASSIVE sixes 🤯🤯🤯 pic.twitter.com/1iRfyniiUw
West Indian Rahkeem Cornwall, while playing for Atlanta Fire, blasted an unbeaten 205 in just 77 balls (SR 266.23) that included 22 sixes and 17 fours in an American T20 competition known as the Atlanta Open. A prize money of $75,000 is available to the winning team.
— Mohandas Menon (@mohanstatsman) October 6, 2022

टिप्पणी लेख्नुहोस्