टी २० विश्वकप २०२२ को पहिलो खेलमा श्रीलंका र नामिबिया भिड्दै
काठमाडौं । आइसिसी टी–२० विश्वकपका खेलहरु आइतबार (आज) बाट सुरु भएको छ । प्रतियोगिता पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेल श्रीलंका–नामिबिया र दोस्रो खेल नेदरल्याण्ड–युएईबीच हुनेछ । एसिया कप २०२२ र २०१४ को विश्वकप च्याम्पियन श्रीलंकाले जिलङको कार्डिनिया पार्क स्टेडियममा पहिलो चरणको समूह ए मा नामिबियाको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बिहान ९ः३० बजे सुरु भएको छ ।
त्यसपछि साँझ सोही मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेदरल्यान्ड्ससँग खेल्नेछ । श्रीलंकाले सुपर १२ मा स्थान बनाउनका लागि नामिबिया, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्ससँग भिड्दै छ ।
Sri Lanka come into the #T20WorldCup with five wins on the trot in T20Is 😯
— ICC (@ICC) October 15, 2022
Can they maintain their winning streak against Namibia in the tournament opener?
More 👉 https://t.co/cbk9rgtK3S pic.twitter.com/79ViHfmCy7

टिप्पणी लेख्नुहोस्