लेख विवरण

टी-२० विश्वकप : अफगानिस्तान र आयरल्यान्डबीचको खेल रद्द

टी-२० विश्वकप : अफगानिस्तान र आयरल्यान्डबीचको खेल रद्द

काठमाडौं । आइसिसी टी-२० विश्वकपमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा शुक्रबार तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा वर्षाका कारण खेल रद्द भएको यो तेस्रो खेल हो । यसअघि जिम्बावे र दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

वर्षाले बिथोलेको इङ्ल्यान्ड र आयरल्यान्डबीचको खेलको नतिजा भने डकवर्थ लेविस प्रणालीका आधारमा निकालिएको थियो ।

शुक्रबारको पहिलो खेल रद्द भएसँगै दुई खेलबाट तीन अङ्क बनाएको न्युजिल्यान्ड समूहको शीर्षस्थानमा छ । तीन खेल खेलेको आयरल्यान्ड एक अङ्कसहित तेस्रो स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.