लेख विवरण

टी-२० विश्वकप : दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द

टी-२० विश्वकप : दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको सुपर १२ को खेल वर्षाका कारण रद्द भएको छ ।

सोमबार साँझ सुरु भएको खेलमा दक्षिण अफ्रिका जित नजिक पुगेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित भएको हो । त्यसपछि दुवै टोलीले अंक बाँडेका छन् ।

वर्षाका कारण खेल नौ ओभरका झारिएको थियो । जसमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले तीन ओभरमा विना विकेटको क्षतिमा ५१ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रोकिएको हो ।

दक्षिण अफ्रिकाका लागि क्वीटन डी ककले ४७ रन बनाएका थिए । यसअघि पहिलो ब्याटिङ गरेको जिम्बावेले नौ ओभरमा पाँच विकेटको क्षतिमा ७९ रन बनाएको थियो ।

जिम्बाबेका लागि उस्ली माधिभेरीले सर्वाधिक ३५ रन बनाए । मिल्टन शुम्बाले १८ जोडे् । बलिङमा दक्षिण अफ्रिकाका लुन्गी एन्गेडीले दुई तथा वाईनी पार्नेल र एनरिक नोर्कियाले एक एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.