लेख विवरण

टी २० विश्वकप : नेदरल्यान्डसले जिम्ब्बावेलाई हरायो

टी २० विश्वकप : नेदरल्यान्डसले जिम्ब्बावेलाई हरायो

काठमाडौं । टी २० विश्वकपको ३४ औं खेलमा नेदरल्यान्डसले जिम्ब्बावेलाई ५ विकेटले पराजित गरेको छ । नेदरल्यान्डसको जितमा ओपनर म्याक्स औ डौडले ४७ बलमा ५२ रनको अर्धसतकीय पारी खेले । टम कूपरले (३२), र बास डे लीडे अविजित १२ रन बनाए । जिम्ब्बावेका रिचर्ड नागरावा र ब्लेसिङ मुजरबानीले समान २/२ विकेट लिदा लुक जोंगवेले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले १९.२ ओभरमा अल आउट हँदै ११७ रन बनाएका थियो । टोलीका लागि सिकन्दर रजाले २४ बलमा ४० रन बनाएका थिए । टोलीका लागि सेन विलियम्सले २८ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । नेदरल्यान्सका पउल भ्यान मिकरेनले ३/३ विकेट लिए । ब्रान्डन ग्लोभर, लोगान भ्यान बेक र बास डे लीडेले समान २२ विकेट लिए । फ्रेड क्लासेन र रूलोफ वैन डेर मेर्वेले एक एक विकेट लिए ।

हारसँगै जिम्बाब्वे प्रतियोगिताबाट बाहिरिएको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.