टी-२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित
काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बङ्गलादेशलाई एक सय चार रनले हरायो ।
दक्षिण अफ्रिकाले दिएको दुई सय ६ रनको विजय लक्ष्य पछ्याएको बङ्गलादेश १६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रनमा समेटियो । बङ्गलादेशका लागि लिटोन दासले सर्वाधिक ३४ रन बनाए ।
सौम्य सरकारले १५, मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन जोडे् । बलिङमा अफ्रिकाका एत्रिच नोर्कियाले चार विकेट लिए । ताब्रेज शम्सीले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अफ्रीकाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रिली रस्सोले एक सय नौ रनको रन बनाए । क्वीन्टन डी ककले ६२ रन बनाउँदा बङ्गलादेशका सकिव अल हसनले दुई विकेट लिए । तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एक एक विकेट लिए ।
जितसँगै समूह बी मा रहेको दक्षिण अफ्रकाले दुई खेलबाट तीन अङ्क बनाएको छ । दक्षिण अफ्रिका शीर्षस्थानमा छ । दुई अङ्क बनाएको बङ्गलादेश तेस्रो स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्