टी २० विश्वकप : श्रीलंकाले टस जितेर बलिङ गर्दै
काठमाडौं । अष्ट्रेलियामा टी–२० विश्वकप २०२२ आजदेखि सुरु भएको छ । विश्वकपको पहिलो खेल श्रीलंका र नामिबियाबीच भइरहेको छ । जिलङको कार्डिनिया पार्क स्टेडियममा भइरहेको खेलमा श्रीलंकाले टस जितेर बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म टस हारेर ब्याटिङ गरेको नामिबियाले १४ ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ । यो छनोट खेल हो र यसलाई जितेर दुवै टोली सुपर १२ मा आफ्नो दाबी बलियो बनाउन चाहन्छन्।
श्रीलंकाको टोली : पाथुम निसान्का, कुसल मेन्डिस (विकेटकीपर), धनन्जया डि सिल्भा, दनुष्का गुनाथिलका, भानुका राजपक्षे, दासुन शानाका (कप्तान), वानिन्दु हसरंगा, चमिका करुणारत्ने, दुष्मन्था चमिरा, दिलशान मधुशंका र महेश थेक्सा।
नामिबियाको टोली : स्टीफन बार्ड, डेभिड विसे, गेर्हार्ड इरास्मस (कप्तान), जोन निकोल लोफ्टी(इटन, जेजे स्मिट, जेन फ्राइलिंक, जेन ग्रीन (विकेटकीपर), देवान ला कक, माइकल भान लिङ्गेन, बर्नार्ड शोल्ट्ज र बेन शिकोन्गो ।

टिप्पणी लेख्नुहोस्