लेख विवरण

टी-२० विश्वकप : सुपर १२ मा भारतको लगातार दोस्रो जित

टी-२० विश्वकप : सुपर १२ मा भारतको लगातार दोस्रो जित

काठमाडौं । भारतले आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा लगातार दोस्रो जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५७ रनले हरायो ।

जितको लागि एक सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो । नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन बनाए ।

कोलिन एकरम्यानले १७, म्याक्स ओडाउड र बास डी लिडेले समान १६/१६, शरिज अहमदले अविजित १५ र भान मार्केनले १४ रन बनाए ।

बलिङमा भारतका रविचन्द्रन आश्विन, अर्शदीप सिंह, अक्षर पटेल र भुवनेश्वर कुमारले दुई दुई तथा मोहम्मद सामीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले अविजित ६२ रन बनाए ।

कप्तान रोहित शर्माले ५३ र सूर्यकुमार यादवले अविजित ५१ रन बनाए । नेदरल्यान्ड्सका पाउल भान मार्केन र फर्द क्लासेनले एक एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै भारत समूह बी मा चार अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । पराजित नेदरल्यान्ड्स अङ्कविहीन बन्दै अन्तिममा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.