टेबलटेनिस टोली भारत जाने
काठमाडौं । दक्षिण एसियाली युथ च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ ।
खेलाडीमा सिद्धार्थ तामाङ, सौरव खड्का, एसिश शाक्य, सुस्मिता खड्का, शुभश्री श्रेष्ठ, करिना सुवाल, सुजन गडाल, विशाल गोले, विश्व बानियाँ, वियंका राई, इभाना थापा मगर र दिया देउला रहेका छन् ।
प्रशिक्षकमा सञ्जय अर्याल, अम्पायरमा नरेश रावल र व्यवस्थापकमा शंकर गौतम छन् ।

टिप्पणी लेख्नुहोस्