टेम्बा बाभुमा दक्षिण अफ्रिकाको नयाँ टेस्ट कप्तान
काठमाडौंँ । क्रिकेट दक्षिण अफ्रिकाले टेम्बा बाभुमालाई नयाँ जिम्मेवारी दिइएको छ । एकदिवसीयसँगै उनी अब टेस्ट टिमको पनि कप्तान बनेका छन् । पूर्व कप्तान डीन एल्गरको स्थानमा बाभुमा दक्षिण अफ्रिकाको नयाँ टेस्ट कप्तान बनेका हुन । एल्गरलाई २०२१ को मध्यमा दक्षिण अफ्रिका टेस्ट टोलीको कप्तान बनाइएको थियो ।
दक्षिण अफ्रिकाका लागि अहिलेसम्म कुल ५४ टेस्ट खेलिसकेका बाभुमाले ९३ इनिङ्समा ३४.५३ को औसतमा २ हजार ७ सय ९७ रन बनाएका छन् । यस क्रममा उनले १ शतक र २० अर्धशतक बनाएका छन् । अब उनी एकदिवसीय र टेस्ट कप्तानको भूमिकामा देखिनेछन् ।
बाभुमाले आफ्नो अन्तर्राष्ट्रिय करियरमा अहिलेसम्म कुल ५४ टेस्ट, २३ एकदिवसीय र ३३ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। टेस्टमा क्रिकेटमा ३४.५३ को औसतमा २ हजार ७ सय ९७ रन बनाएका उनले एकदिवसीयमा ४५.५० को औसतमा ९१० रन बनाएका छन् । योसँगै बाभुमाले टी–२० अन्तर्राष्ट्रियमा २२.६७ को औसत र ११६.०८ को स्ट्राइक रेटमा ६३५ रन बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्