लेख विवरण

ट्रिटन बास्केटबल भोलिदेखि

ट्रिटन बास्केटबल भोलिदेखि

काठमाडौंँ । ट्रिटन इन्टरनेसनल कलेजको आयोजनामा ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको ।

प्रतियोगिताको ब्वाइजमा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् । गर्ल्समा ८ टिमले लिग कम नकआउट पद्धतिमा खेल्ने छन् ।

विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु कोटेश्वरस्थित आयोजकको आफ्नो कोर्टमा खेलाइने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.