लेख विवरण

ट्रेन्ट बोल्ट भारतमा हुने विश्वकपमा सहभागी हुने

ट्रेन्ट बोल्ट भारतमा हुने विश्वकपमा सहभागी हुने

काठमाडौँ । न्युजिल्यान्ड क्रिकेटका उत्कृष्ट बलर ट्रेन्ट बोल्ट यस वर्षको अन्त्यमा भारतमा हुने विश्वकपमा सहभागी हुने भएका छन् । टोलीका प्रमुख कार्यकारी अधिकृतले ट्रेन्ट बोल्ट विश्वकपमा सहभागी हुने जनाएका छन् । सेन्ज रेडियोको रिपोर्ट अनुसार न्यूजिल्याण्ड क्रिकेटका सीईओ डेभिड ह्वाइटले भनेका छन्, ‘हामी लगातार बोल्टसँग वार्तामा छौं । हामीले पछिल्लो केही महिनादेखी बोल्टसँग निरन्तर वार्ता जारी राखेका छौं। यदि उनी विश्वकपका लागि न्युजिल्यान्डको टोलीमा भएनन भने टोलीलाई घाटा हुन्छ, त्यसैले हामी उनीसँग सकारात्मक वार्तामा छौं।'

ट्रेन्ट बोल्टले न्यूजिल्याण्ड क्रिकेटसँगको केन्द्रीय अनुबन्धनबाट टाढा रहने निर्णय गरेका थिए । तर केही दिन अघि उनले एकदिवसीय विश्वकपमा आफलाई टोलीको हिस्सा बन्न मन लागेको कुरा व्यक्त गरेका थिए । बोल्टले गत वर्ष अगस्टमा आफ्नो परिवारसँग बढी समय बिताउन र विश्वभरका फ्रेन्चाइजी क्रिकेट खेल्न न्युजिल्यान्ड क्रिकेटको अनुबन्धनबाट बाहिरिएका थिए।

३३ वर्षीय बोल्ट गत वर्षको टी–२० विश्वकपपछि टोलीमा छनोट भएनन् किनभने चयनकर्ताहरूले सम्झौतामा परेका खेलाडीलाई प्राथमिकता दिएका थिए।बोल्टले ईएसपीएन क्रिकइन्फोलाई भने, ‘म भित्र अझै पनि न्यूजिल्याण्डका लागि क्रिकेट खेल्ने इच्छा छ । म भाग्यमानी थिएँ कि मैले १३ वर्ष न्युजिल्यान्डबाट खेल्ने मौका पाएँ। ममा अझै पनि विश्वकप खेल्ने तीव्र इच्छा छ ।'

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.