लेख विवरण

ठगीको आरोप लागेका नेयमारले स्पेनको अदालतबाट पाए सफाइ

ठगीको आरोप लागेका नेयमारले स्पेनको अदालतबाट पाए सफाइ

काठमाडौं । स्पेनको एक अदालतले ब्राजिलियन स्टार नेयमारलाई सन् २०१३ मा सान्तोसबाट बार्सिलोनामा ट्रान्सफर हुँदा ठगी र भ्रष्टाचार गरेको आरोपमा सफाइ दिएको छ । ब्राजिलको एक कम्पनीले नेयमार, उनका बुबा, सान्तोस र बार्सिलोनाका पूर्व अध्यक्षले जानाजानी ट्रान्सफरको वास्तविक रकम लुकाएको आरोप लगाएको थियो ।

अदालतले जालसाजी गरेर वा कम्पनीलाई घाटा पु¥याउने उद्देश्यले गरेको भन्ने प्रमाणित हुन नसकेको बताएको छ । ब्राजिलीयन कम्पनीले ३० वर्षीय फुटबलरलाई पाँच वर्षको जेल सजायको माग गरेको थियो । पछि कम्पनीले पाँच वर्षको सट्टा साढे दुई वर्ष कैद माग गरेको थियो ।

नेयमार अहिले फिफा विश्वकपमा व्यस्त छन् । उनको टोली क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएको थियो । टोलीलाई यो विश्वकप जित्ने दावेदार मानिएको थियो । नेमारको यो अन्तिम विश्वकप हो र अब उनी अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने विश्वास गरिएको छ । यद्यपी उनले यस विषयमा कुनै पुष्टि गरेका छैनन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.