लेख विवरण

डिसेम्बरमा भारतले बंगलादेश भ्रमण गर्ने

डिसेम्बरमा भारतले बंगलादेश भ्रमण गर्ने

काठमाडौं । टेष्ट र एकदिवसीय सिरिजका लागि भारतले डिसेम्बरमा बंगलादेश भ्रमण गर्ने भएको छ । यो भ्रमणबाट रोहित शर्मा, विराट कोहली र केएल राहुल टेष्ट र एकदिवसीय सिरिजका लागि भारतीय टोलीमा फर्कने भएका छन्। यी खेलाडीहरूले सन् २०२२ को टी–२० विश्वकपपछि नोभेम्बरमा भएको न्यूजिल्याण्ड भ्रमणबाट विश्राम लिएका थिए ।

ढाडको चोटका कारण जारी टी(२० विश्वकपबाट बाहिर रहेका जसप्रित बुमराहलाई बंगलादेश बिरुद्धको टोलीमा समावेश गरिएको छैन । अजिंक्य रहाणे र हनुमा विहारीले पनि टोलीमा स्थान बनाउन सफल भएनन । भारतले बंगलादेश विरुद्ध खेल्ने दुई खेलको टेस्ट शृंखला विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको छ ।

भारतले भ्रमणको सुरुवात ओडिआई सिरिजबाट गर्नेछ । डिसेम्बर ४, ७ र १० मा मिरपुरमा एकदिवसीय सिरिज खेलिनेछ। त्यसपछि दुई टेष्ट खेल हुनेछ । पहिलो टेस्ट चटगाउँमा (१४(१८ डिसेम्बर) र दोस्रो मिरपुर (२२(२६ डिसेम्बर) मा हुनेछ।

भारतीय टेस्ट टोलीः रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस अय्यर, ऋषभ पन्त (विकेट किपर), केएस भरत (विकेट किपर), रवि चन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज र उमेश यादव ।

भारतीय एकदिवसीय टोलीः रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शिखर धवन, विराट कोहली, राजद पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त (विकेट किपर), इशान किशन (विकेट किपर), रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, मोहम्मद सिराज, मोहम्मद शमी, दीपक चाहर र यश दयाल ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.