लेख विवरण

तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फाइनलमा

तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फाइनलमा

काठमाडौंँ । तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको पहिलो सेमिफाइनलमा तकामीले बौद्ध भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडमले एसएनकेसीलाई १–० गोलले हरायो । फाइनल सोमबार हुनेछ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागततर्फ चार उत्कृष्टलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.