तीन खेलको सिरिज दक्षिण अफ्रिकालाई
काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्ध तीन खेलको सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्पटनमा आइतबार राति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ९० रनले हरायो । यससँगै पाहुना टोली दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्न सफल भयो ।
दक्षिण अफ्रिकाले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा १०१ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए । जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले समान १४/१४ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले पाँच विकेट लिए । केशब महाराज दुई तथा एन्डिले, एडम मार्क्रम, एन्रिक नोर्कियाले एक एक विकेट झारे ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९१ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि रिजा हेन्ड्रिक्सले ७० र एडम मार्कामले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । राईली रुसोले ३१ र कप्तान डेबिड मिलरले २२ रन जोडे ।
बलिङमा इङ्ल्यान्डका डेबिड विलिले तीन विकेट लिए । मोईन अली र क्रिस जोर्डनले एक एक विकेट झारे । यसअघि पहिलो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो ।

टिप्पणी लेख्नुहोस्