तीन पटकको विश्व च्याम्पियन नेदरल्याण्ड्सले भारतलाई हरायो
काठमाडौं । भारतीय महिला हक्की टोलीको जुनियर विश्वकप जित्ने सपना समाप्त भएको छ । आइतबार भएको सेमिफाइनलमा भारतीय टोली तीन पटकको च्याम्पियन नेदरल्यान्ड्ससँग ०–३ ले पराजित भएको छ । नेदरल्यान्ड्सका लागि टेसा बेट्स्मा (१२औं मिनेट), लुना फोके (५३औं मिनेट) र जिप डिकेले (५४औं मिनेटमा) गोल गर्दा टोलीले लगातार चौथो पटक फाइनलमा स्थान बनायो ।
नेदरल्याण्ड्सका लागि बिट्स्माले पहिलो गोल गरिन । उनले खेलको १२ औं मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाइन। हाफ टाइमपछि तेस्रो क्वार्टरमा नेदरल्यान्ड्सको टोली पूर्ण रूपमा भारतमाथी हावी भयो। टोलीको आक्रामक खेलको कारण भारतीय डिफेन्स दबाबमा आयो । भारतीय टोलीले गोल गर्ने मौका पाए पनि सफल हुन सकेन ।
चौथो क्वाटरमा नूर ओम्रानीले दिएको उत्कृष्ट पासमा फोकेले रिभर्स शटमा गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाइन । सोही क्रममा जिप डिकेले गोल गर्दै टोलीलाई ३–० को जित दिलाइन ।

टिप्पणी लेख्नुहोस्