लेख विवरण

तेस्रो एकदिवसीयमा नेपाललाई १७७ रनको लक्ष्य

तेस्रो एकदिवसीयमा नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं । तेस्रो एकदिवसीयमा यूएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनायो । टोलीका लागि आयान अफजल खानले सर्वाधिक ५४ रन बनाए । अलिशान शराफुले ३३ रन बनाउदा रोहन मुस्ताफाले २४ रन बनाए । मोहम्मद रिजवानले ११ र हजरत बिलालले १९ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल, गुलशन झा र दिपेन्द्र सिंह ऐरिले समान २-२ विकेट लिए । सोमपाल कामी र ललित राजबंशीको नाममा एक एक विकेट रह्यो । युएई बिरुद्धको तेस्रो एकदिवसीयमा टोलीका लागि गुलशन झाले दोस्रो ओभरमै पहिलो सफलता दिलाए । उनले यूएईका ओपनर मोहम्मद वासीमलाई ११ रनमा विकेटर आसिफ शेखबाट क्याच आउट गराए । त्यसपछि तेस्रो ओभरमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाए । उनले यूएईका अर्का ओपनर वृत्य अरविन्दलाई ० रनमा बोल्ड गरे । तेस्रो विकेट पुनः गुलशनको नाममा रह्यो । उनले युएईका कप्तान सिपी रिजवानलाईृ ४ रनमा आशिफकै हातबाट क्याच आउट गराए । यो सँगै नेपालले सुरुवाती पावरप्लेमा ३ विकेट लिन सफल भयो ।

नेपालका लागि दिपेन्द्र सिंह एरिले चौंथो विकेट लिए । उनले क्रिजमा टिकेर ब्याटिङ गरिरहेका रोहन मुस्ताफालाई २३ औ ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच गराए । त्यपसपछि युएईको पाँचौं विकेट कुशल भुर्तेलले लिए । उनले ३३ रन बनाएर खेलिरहेका अलिशान शराफुलाई बोल्ड गरे । यूएईको छैठौं विकेट पुनः दिपेन्द्रले लिए । उनले विष्णु सुकुमारनलाई २ रनमा आरिफको हातबाट क्याच गराए । लगतै ललित रावबंशीले यूएईको सातौं विकेट लिए । उनले आठ रन बनाएर खेलिरहेका बासिल अहमदलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच गराए । यो सँगै नेपाली बलरहरुले यूएईको ब्याटसम्यानहरुलाई दबाबमा राख्न सफल भए ।

३० औं ओभरमा पुनः बलिङ गर्न आएका कुशल भुर्तेलले आफ्नो दोस्रो विकेट लिए । उनले अहमद राजालाई ० रनमा हरि शंकर साहको हताबाट क्याच आउट गराए । लगतै यूएईका जहुर खान ० रनमा आउट भए । उनलाई सोमपाल कामीले रन आउट बनाए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.