तेस्रो एकदिवसीयमा नेपालले टस जितेर बलिङ गर्दै
काठमाडौं । यूएई विरुद्धको तेस्रोे एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले पुरागमन गर्दै यूएईलाई ३ विकेटले पराजित गरेको थियो । आजको खेल फाईनल सरह हुनेछ । आज जित्ने टोलीले ब्रिलियन्ट सिरिजमाथी कब्जा गर्नेछ ।
आजको खेलमा नेपालले टोलीमा १ परिवर्तन गरेको छ । आजको खेलमा करण केसीको ठाँउमा हरि शंकर साहले स्थान बनाएका छन् ।
नेपालको सुरुवाती ११ : रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, हरिशंकर शाह, अर्जुन साउद र गुलशन झा ।
युएईको सुरुवाती ११ : सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप-कप्तान), अहमद राजा, एलिशान शरफुल, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, विष्णु सुकुमारन ।

टिप्पणी लेख्नुहोस्