लेख विवरण

तेस्रो एकदिवसीयमा भारतले बंगलादेशलाई २२७ रनले हरायो

तेस्रो एकदिवसीयमा भारतले बंगलादेशलाई २२७ रनले हरायो

काठमाडौं । भारतले बंगलादेश विरुद्धको तीन एकदिवसीय सिरिजको अन्तिम खेलमा २२७ रनले जित हात पारेको छ । बंगलादेश विरुद्ध भारतको यो सबैभन्दा ठूलो जित हो। यसअघि सन् २००३ अप्रिल ११ का दिन ढाकामा भारतले बंगलादेशलाई २०० रनले पराजित गरेको थियो ।

चट्टोग्राममा भएको खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। टस हारेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनायो । जवाफमा बंगलादेशी टोली ३४ ओभरमा १८२ रनमै सिमित भयो ।

भारतको जितमा इशान किशन र विराट कोहली नायक बने । किशनले २१० रनको इनिङ खेले । यो उनको एकदिवसीय करियरको पहिलो शतक हो। अनुभवी विराट कोहलीले ११३ रनको इनिङ खेले । वासिङ्टन सुन्दरले अन्तिम ओभरमा २७ बलमा ३७ रन बनाए । बलिङमा भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । मोहम्मद सिराज, अक्षर पटेल र उमरान मलिकले समान १–१ विकेट लिए ।

बंगलादेशका लागि साकिब अल हसनले ५० बलमा ४३ रन बनाए । कप्तान लिटन दास २९, यासिर अली २५ र महमुदुल्लाह २० रन बनाएर आउट भए । बलिङमा तस्किन अहमद, इबादत हुसेन र शकिब अल हसनले समान २–२ विकेट लिए । मुस्ताफिजुर रहमान र मेहदी हसन मिराजले एक–एक सफलता हात पारे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.