तेस्रो टी–२० मा न्युजिल्याण्ड ४ विकेटले विजयी
काठमाडौंँ । तेस्रो टी–२० खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । टोलीका लागि टिम सेफर्टले म्याच विनिङ पारी खैल्दै ४८ बलमा ८८ रन बनाए । उनले आफ्नो इनिङ्समा १० चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई जिताए । कप्तान टम लाथमले २३ बलमा ३१ रन बनाए । ओपनर चाड बोव्स (१७), मार्क चैपम्यान (१६) र डेरिल मिचेलले (१५) रन बनाए । रचिन रविन्द्र २ रनमा अविजित रहे । श्रीलंका लागि लाहिरु कुमारले ३ विकेट लिए । महेश थेक्षाना र प्रमोद मदुशनले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो । टोलीका लागि कुसल मेन्डिसले अर्धसतकीय पारी खेल्दै ७३ रन बनाए । उनले ४८ बलमा ६ चौंका र ५ छक्का प्रहार गरे । कुसल परेरा (३३), पथुम निसानका (२५), धनन्जय डी सिल्भा (२०) र कप्तान दासुन शानकाले (१५) रन बनाए । न्युजिल्याण्डका लागि बेन लिस्टरले २ विकेट लिए । एडम मिल्ने र ईश सोधीले समान १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्