लेख विवरण

तेस्रो दिन पनि सुक्रबहादुरको अग्रता

तेस्रो दिन पनि सुक्रबहादुरको अग्रता

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको तेस्रो दिन पनि सुक्रबहादुर राईले अग्रता कायम राखेका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बिहीबार सुक्रले चार अन्डर ६८ खेले । ५४ होलको समाप्तिसँगै सुक्रको कूल ११ अन्डर २०५ स्कोर छ ।

कूल सात अन्डर २०९ स्कोर बनाएका घरेलु प्रो भुवन नगरकोटी दोस्रो स्थानमा छन । भुवनले बिहीबार तीनअन्डर ६९ खेले । कूल पाँच अन्डर २११ खेलेका रवि खड्का तेस्रो स्थानमा छन । रविले बिहीबार एक अन्डर ७१ खेलेका थिए ।

एमेच्योरतर्फ सुवास तामाङ शीर्षस्थानमा उक्लिएका छन । बिहीबार एक ओभर ७३ खेलेका सुवासको कूल चार अन्डर २१२ स्कोर छ । दोस्रो स्थानमा रहेका सद्भाव आचार्यको कूल दुई ओभर २१८ स्कोर छ । चार दिने प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रपियाँ पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.