लेख विवरण

तेस्रो संस्करणको मुख्यमन्त्री नक आउट फुटबल प्रतियोगिता ओखलढुंगामा हुने

तेस्रो संस्करणको मुख्यमन्त्री नक आउट फुटबल प्रतियोगिता ओखलढुंगामा हुने

सुनसरी । तेस्रो संस्करणको मुख्यमन्त्री नक आउट फुटबल प्रतियोगिता ओखलढुंगामा हुने भएको छ । आयोजक कोशी प्रदेश खेलकुद बिकास बोर्डले बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी असार ४ देखी ९ गतेसम्म ओखलढुंगा खेलकुद बिकास समितीको संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

पहिलो र दोस्रो संस्करण सुनसरीमा आयोजना भएको मुख्यमन्त्री नकआउट फुटबल पहिचानबादीहरुको आन्दोलका बिच ओखलढुंगामा आयोजना हुन लागेको हो । ओखलढुंगामा अहिलेसम्म यत्तिको ठुलो प्रतियोगिता आयोजना नभएकाले पनि प्रदेशको फुटबललाई बिकेन्द्रित गर्ने उदेश्वले भौगलिक बिकटताको बाबजुद प्रतियोगिता आयोजना गर्न लागिएको कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

कोशी प्रदेशका एन्फामा आबद्ध नभएका ओखलढुंगा, तेह्रथुम र सोलुखुम्बु लाई समेत सहभागी गराएर १४ वटै जिल्लाको सहभागीतामा प्रतियोगिताको आयोजना गर्न लागिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।

प्रतियोगिता बिजेताले नगद २ लाख र उपबिजेताले १ लाख रुपैया हात पार्नेछ । फेयर प्ले टिमले नगद १० हजार र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही ५/५ हजार नगद पुरस्कार पाउने बताइएको छ ।

३० लाख रुपैया खर्च लाग्ने प्रतियोगितामा ३ सय जना खेलाडी तथा पदाधिकारीका लागि दैनिक १२ सय भक्ता समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.