त्रिदेशीय शृंखलामा नेपाल नामिबिया बिरुद्ध टस हारेर ब्याटिङ गर्दै
काठमाडौं । नेपाल, स्कटल्याण्ड र आयोजक नामिबिया सम्मिलत त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपाललले टस हारेर ब्याटिङ गर्ने भएको छ ।
विन्डहोक मैदानमा घरेलु टोली नामिबियाले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको छ । खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ । शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन् ।
विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ ।
आजको खेलमा नेपालको सुरुवाती ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरि, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुलशन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजबंशी रहेका छन ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ ।

टिप्पणी लेख्नुहोस्