लेख विवरण

त्रिदेशीय शृंखला : नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

त्रिदेशीय शृंखला : नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नाबियामा जारी त्रिदेशीय शृंखलामा नेपालले आयोजक नामिबियालाई रनको १९८ लक्ष्य दिएको छ । विन्डहोक मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै १९७ रन बनायो । टोलीका लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ७५ रनको अर्धसतकीय पारी खेले । लुङामेनीको बलमा विकेटकिपरको हातबाट क्याच आउट हुनअघि उनले ९४ बलमा ७ चौंका र २ छक्का प्रहार गरे । एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो पाचौं अर्धसतक हो । नेपालका लागि आरिफ शेख (२३), ओपनर आसिफ शेख (२०) र कुशल भुर्तेल (१३) रन बनाएर आउट भए । ओपनर अर्जुन साउद र गुलसन झाले १८-१८ रन बनाउदा कप्तान रोहित पौडेल र सोमपाल कामी १०-१० रन बनाएर आउट भए । यो सँगै गुलसनले एकदिवसीय क्रिकेटमा ब्यक्तिगत १०० रन पुरा गरेका छन ।

नामिबियाका लागि तान्गेनी लुङामेनीले सर्वाधिक ३ विकेट लिए । कार्ल बिरकेनस्टकले २ विकेट लिदा बर्नार्ड शोल्ट्ज़, जेजे स्मिथ र गेरहार्ड इरासमुसको नाममा एक एक विकेट रह्यो । नेपालबाट १९८ रनको लक्ष्य पाएको घरेलु टोली नामिबियाले अब केही बेरमा ब्याटिङ गर्दैछ ।

विश्व क्रिकेट लिग २ को अंक तालिकामा नेपाल १७ अंकका साथ ७ औं स्थानमा रहेको छ । आयोजक नामिबिया चौंथो तथा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । विश्व क्रिकेट लिग २ को अंक तालिकामा शिर्ष ३ मा रहने टोलीले भारतमा हुने २०२३ एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन । भने बाँकी रहेका ४ टोलीले च्यालेन्ज लिगबाट छनोट भएर आएका अन्य २ टोलीसँग विश्वकप छनोट प्लेअफ खेल्नेछ । विश्वकप छनोट प्लेअफमा उत्कृष्ट २ टोलीले २०२३ एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउने छ ।

आजको खेलमा नेपालको सुरुवाती ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरि, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुलशन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजबंशी रहेका छन ।

नामिबियाको सुरुवाती ११ मा गेरहार्ड इरासमुस (कप्तान), डिभान ला कक, मिचेल भान लिनगेन, लो हानड्रेड लौरेन्स, जान निकोल लोफ्टी इस्टोन, जेजे स्मिथ, जेन ग्रीन, कार्ल ब्रिकेनस्टक, रुबेन थ्रुम्पेलमन, बर्नार्ड शोल्ट्ज़ र तान्गेनी लुङामेनी रहेका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.