त्रिभुवन आर्मी क्लबका दीपकलाई १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
पोखरा । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेका छन ।
पोखरा रङ्गशालामा आइतबार दीपकले ३० मिनेट १०.३६ सकेन्डमा दौड पूरा गरे । उनले आठ वर्षअघि गोपीचन्द्र पार्कीले राखेको घरेलु दस हजार मिटरको राष्ट्रिय कीर्तिमान भड्ग गरे ।
गोपीचन्द्रले सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ३० मिनेट ३०.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । सो कीर्तिमान दीपकले झन्डै २० सेकेन्डले बिट गरेका छन ।
गजेन्द्रले १५ ल्यापसम्म अग्रता बनाएका थिए । १५ ल्यापछि दीपकले अग्रता बनाए र त्यसपछि सो अग्रतालाई कायम राख्ने उनले राष्ट्रिय कीर्तिमानलाइ पनि सजिलै पार गरे । नेपाल आर्मीकै गजेन्द्र ३० मिनेट ४९.५० सेकेन्डमा दौड पूरा गरी तेस्रो भए ।

टिप्पणी लेख्नुहोस्