लेख विवरण

त्रिभुवन आर्मी क्लब ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

त्रिभुवन आर्मी क्लब ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दोस्रो जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । दोस्रो जित निकाल्ने क्रममा आर्मीले अर्को विभागीय टोली एपीएफलाई डिएलमेथडबाट २३ रनले पराजित गर्यो । जितसँगै आर्मी समूह ‘क’ बाट ४ अंक बनाउँदै रनरेटको आधारमा फाइनलमा प्रवेश गरेको हो ।

एपीएफले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १५१ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिन पुग्यो । र आमीले डिएलमेथडको आधारमा खेल जित्यो । । टोलीका लागि रमेश भट्टले २९ बलमा ५ चौका १ छक्का प्रहार गर्दै ४१ रन बनाए । सन्दिप रिजालीले ११ रन बनाए । राजेश पुलामी मगरले २६ बलमा ६ छक्का र १ चौका प्रहार गर्दै अविजित ४९ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच पनि भए । दिनेश भण्डारीले अविजित २१ बलमा २६ रन बनाए ।

बलिङमा एपीएफका तिलोक महराले २ विकेट लिदा कृष्ण कार्की र अमरसिंह रौटेलाले समान १–१ विकेट लिए ।

यसअघि पहिलो इनिङसमा एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । टोलीका लागि प्रदिप एरिले ४१ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै ४३ रन बनाए । अमरसिंह रौटेलाले २३ बलमा अविजित ४२ रनको योगदान दिए । उनले २ छक्का र ५ चौक प्रहार गरे । अरुण ऐरी (२३), पूरुण विक (१४) र शरद् भेषवाकरले ११ रन बनाए । बलिङमा आर्मीका सुमित श्रेष्ठ २ तथा हरी चौहानले १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल दिल्ली युनाईटेड र बिगाभीय टिम नेपाल पुलिस बिच हुनेछ । सोही दिन दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.