लेख विवरण

त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा

त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । आइतबार राति नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच हुने खेलको विजेतासँग सोमबार राति उपाधिका लागि आर्मीले खेल्ने छ ।

आर्मीका लागि रोमन रानाले ४, काशीराज राईले ३, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले समान १–१ गोल गरे ।

खेलको म्यान अफ द म्याच आर्मीका रंजित राउत भए । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा

टिप्पणी लेख्नुहोस्

Please Login to comment.