थाइल्याण्डकी यी महिला खेलाडी माथि आइसिसीले लगायो प्रतिबन्ध
काठमाडौं । थाइल्याण्डकी अफ स्पिनर रोसनान कानोहलाई बलिङबाट निलम्बन गरिएको छ । बंगलादेशविरुद्धको महिला टी–२० विश्वकप छनोट खेलमा उनको बलिङ एक्सन शंकास्पद देखिएपछि आइसिसीले उनीमाथि कारबाही गरेको हो ।

रोसनान कानोहले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिएकी थिइन । खेलको क्रममा अम्पायरहरुले थाइल्याण्डका यी अफ स्पिनरको एक्सनको बारेमा गुनासो गरेका थिए र आइसिसीले उनलाई बलिङमा प्रतिबन्ध लगाएको छ ।

आइसिसी महिला टी–२० विश्वकप छनोटको खेल सेप्टेम्बर २३ मा भएको थियो । उक्त खेलमा बंगलादेशले १ सय १३ रन मात्र बनाउन सक्यो । तर, यति हुँदाहुँदै पनि थाइल्याण्डको टोलीले लक्ष्य हासिल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको थियो ।


(फोटोः रोसनान कानोह फेसबुक)

टिप्पणी लेख्नुहोस्