दक्षिण अफ्रिकामा आईपीएल प्रसारण नहुने
काठमाडौंँ । दक्षिण अफ्रिकामा आईपीएल प्रसारण नहुने भएको छ । ब्रोडकास्टर ‘सुपरस्पोर्ट’ले यसको पुष्टि गर्दै पहिलो पटक दक्षिण अफ्रिकामा आईपीएल प्रसारण नहुने जनाएको छ । सुपरस्पोर्टले यसअघि सन् २००८ देखि आईपीएलका सबै १५ संस्करणहरू दक्षिण अफ्रिकामा प्रसारण गरेको थियो । तर गत वर्ष जुनमा वायकम–१८ले उप–सहारासँग अफ्रिकी प्रसारण अधिकार गुमाएको थियो ।
वायकम–१८ सँग अस्ट्रेलिया, न्यूजिल्याण्ड र इङ्गल्याण्डको प्रसारण अधिकार छ। यी सबै देशहरूमा वायकम–१८ को उपस्थिति नभए पनि अस्ट्रेलिया, न्यूजील्याण्ड र इङ्गल्याण्डका प्रसारकहरूले आफ्ना देशहरूमा आईपीएलको प्रसारण सुनिश्चित गर्न वायाकम–१८ सँग सम्झौता गरेका छन्। तर दक्षिण अफ्रिकाको लागि सुपरस्पोर्टले त्यसो गर्न सकेन।
यस वर्षको आईपीएलमा १५ दक्षिण अफ्रिकी क्रिकेटर सहभागी छन् । कोलकाता नाइट राइडर्स बाहेक सबै नौ टोलीमा कम्तीमा एक दक्षिण अफ्रिकी खेलाडी रहेका छन्।

टिप्पणी लेख्नुहोस्