दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजका लागि अष्ट्रेलियाली टोली घोषणा
काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध गाबामा शनिबारदेखि सुरु हुने तीन खेलको सिरीज अन्तर्गत पहिलो टेस्टका लागि अष्ट्रेलियाले आफ्नो सुरुवाती ११ घोषणा गरेको छ । चोटका कारण बाहिर रहेका अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टोलीमा पुनरागमन गरेका छन । यसअघि वेस्ट इन्डिज विरुद्ध दोस्रो टेस्टमा टोलीको नेतृत्व स्टिभ स्मिथले गरेका थिए ।
टोलीबाट जोस हेजलवुड साइड स्ट्रेनका कारण पहिले नै बाहिरि सकेका छन । स्कट बोल्याण्डले टोलीमा आफ्नो स्थान कायम राखेका छन । उस्मान ख्वाजा र डेभिड वार्नरको ओपनिङ जोडीसँगै मार्नस लाबुस्चेन र स्टिभ स्मिथ पनि टोलीमा परेका छन् । ट्राभिस हेड र क्यामरुन ग्रीन क्रमशः ५ र ६ नम्बरमा छन् भने विकेटकिपर एलेक्स केरीले आफ्नो स्थान कायम राखेका छन् ।
अष्ट्रेलियाको सुरुवाती ११ : प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरुन ग्रीन, एलेक्स केरी (विकेटकीपर), मिचेल स्टार्क, नाथन लियोन र स्कट बोल्याण्ड।

टिप्पणी लेख्नुहोस्