दक्षिण अफ्रिका टी–२० लिगको उपाधि सनराइजर्स इस्टर्न क्यापलाई
काठमाडौंँ । दक्षिण अफ्रिका टी–२० लिगको पहिलो सिजन सनराइजर्स इस्टर्न क्यापले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा सनराइजर्स इस्टर्न क्यापले प्रिटोरिया क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दे उपाधि जितेको हो । दक्षिण अफ्रिका टी–२० लिगको पहिलो संस्करणमा म्यान अफ द सिरिजको अवार्ड सनराइजर्सका कप्तान एडेन मार्करामलाई दिइएको छ । यससँगै म्यान अफ द म्याचको उपाधि फाइनल खेलमा ४ विकेट लिने रोइलोफ भान डेर मर्वेलाई दिइएको छ ।
दक्षिण अफ्रिका टी–२० लिगको पहिलो सिजन जित्ने पुरस्कार राशि ७० मिलियन रेन्ड छ, जसको अर्थ सनराइजर्स इस्टर्न क्यापले लगभग ५३.६६ करोड रुपैयाँको पुरस्कार राशि प्राप्त गरेको छ। यो दक्षिण अफ्रिकाको टी–२० फ्रेन्चाइजी इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशि हो। म्यान अफ द टुर्नामेन्ट बनेपछि सनराइजर्स इस्टर्नका कप्तान एडेन मार्करामलाई पनि निकै फाइदा भएको छ ।
म्यान अफ द सिरिज जितेका एडेन मार्करामको पुरस्कार राशिको बारेमा कुरा गर्दा उनलाई दक्षिण अफ्रिकी मुद्रामा ३ लाख ५० हजार रेण्ड अर्थात करिब २५ लाख १३ हजार रुपैयाँ दिइएको छ ।
एडेन मार्करामले दक्षिण अफ्रिका टी–२० लिगमा ३६.५ को औसतमा कुल ३६५ रन बनाएका थिए । उनी यस प्रतियोगितामा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी बने। यस अवधिमा उनको उत्कृष्ट इनिङ १०० रन थियो, जसमा उनले १७२.४१ को स्ट्राइक रेटमा रन बनाएका थिए। मार्करामले बलिङमा पनि आफ्नो टोलीलाई धेरै मद्दत गरेका थिए ।
प्रिटोरिया क्यापिटल्स विरुद्धको फाइनल खेलमा पनि सनराइजर्स इस्टर्नका कप्तान एडेन मार्करामले पहिलो ४ ओभर बलिङ गरे र ४.२० को इकोनोमीमा १७ रन दिएर एक विकेट लिए। त्यसपछि ब्याटिङमा पनि मार्करामले १३६.८४ को स्ट्राइक रेटमा १९ बलमा २६ रनको इनिङ खेल्दै टोलीलाई जिताउन मद्दत गरे ।

टिप्पणी लेख्नुहोस्