लेख विवरण

दक्षिण अफ्रिका भारतमा हुने २०२३ विश्वकपका लागि छनोट

दक्षिण अफ्रिका भारतमा हुने २०२३ विश्वकपका लागि छनोट

काठमाडौंँ । बंगलादेश र आयरल्याण्डबीचको पहिलो एकदिवसीय खेल वर्षाले प्रभावित बनेपछि दक्षिण अफ्रिका यस वर्ष भारतमा हुने २०२३ विश्वकपका लागि छनोट भएको छ । योसँगै सन् २०२३ को विश्वकपमा छनोट हुने शीर्ष ८ टोलीको टुंगो लागेको छ । आयोजक भएको नाताले भारत सन् २०२३ को विश्वकपका लागि सीधै छनोट भएको थियो । भारत बाहेक न्यूजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान २०२३ को विश्वकप क्रिकेटका लागि स्वतः छनोट भएका थिए ।

दक्षिण अफ्रिका विश्वकपका लागि स्वतः छनोट हुने आठौं टोली बनेको छ । यो सँगै विश्वकपमा सीधै छनोट हुने आयरल्याण्डको सपना चकनाचुर भएको छ । आयरल्यान्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय शृंखला ३–० ले जितेको भए २०२३ को विश्वकपका लागि स्वतः छनोट हुने थियो तर एक खेलमा नतिजा नआएपछि त्यसको फाइदा दक्षिण अफ्रिकी टोलीले पाएको छ । दक्षिण अफ्रिका ९८ अंकसहित विश्वकपका लागि छनोट भयो ।

अब आयरल्याण्डले २०२३ को विश्वकपमा स्थान बनाउन विश्वकप छनोट प्रतियोगिता खेल्नुपर्नेछ । विश्वकप छनोट प्रतियोगितामा १० टोलीले २ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, जसमा वेस्ट इन्डिज र श्रीलंका जस्ता टोलीहरू छन्। यसबाहेक आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएईका टोली सहभागी छन् । प्रतियोगिता जिम्बाब्बेमा जुन १९ देखी हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.