दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल विजयी
काठमाडौं । नेपालले भारतको गोहाटीमा भइरहेको दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को यु–१५ उमेरसमूहमा जित हात पारेको छ ।
मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्