लेख विवरण

दमक गोल्डकपको उपाधि मनाङलाई

दमक गोल्डकपको उपाधि मनाङलाई

झापा । दमक गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २-० ले हराउँदै मनाङ विजयी भएको हो । मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गरे ।

दमक-३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९औं मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे । ६७औं मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित सुनिश्चित गरे ।

जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

दमक नगरपालिकाको नगरखेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए ।

उनीहरूले जनही नगद २१ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे । प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक-११ का राहुल लिम्बु भए । उनले माउन्टेनबाइक पाए ।

आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक-११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.