लेख विवरण

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स बन्यो वुमन्स प्रिमियर लिगको च्याम्पियन

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स बन्यो वुमन्स प्रिमियर लिगको च्याम्पियन

काठमाडौंँ । मुम्बई इन्डियन्सले पहिलो वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को उपाधि जितेको छ । ब्रेबोर्न रंगशालामा भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दे मुम्बईले उपाधिमाथी कब्जा गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । जवाफमा मुम्बईले १९.३ ओभरमा लक्ष्य पुरा गर्यो ।

विनिङ सट प्रहार गर्ने मुम्बईकी नताली सिभर खेलको प्लेयर अफ द म्याच भइन् । उनी अमेलिया केर (१४)सँग ६० रनमा अविजित रहिन्। पहिलो इनिङ्समा मुम्बईका लागि हेली म्याथ्युज र इसाबेल वोङले ३–३ विकेट लिए ।

१३२ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात खराब रह्यो । टोलीले दोस्रो ओभरमा यास्तिका भाटियाको विकेट गुमाएको थियो । हेली म्याथ्युज पनि चौथो ओभरमा नै क्याच आउट भइन् । टोलीले ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र जोड्न सकेको थियो ।

दोस्रो इनिङ्सको खेलमामा दिल्लीले सुरुदेखि नै दबाब बनाउन थाल्यो । सुरुवाती ओभरमा राधा यादव र जेस जोनासेनले १–१ विकेट लिए । तर हरमनप्रीत कौर र नताली स्काइभरको साझेदारीले खेल दिल्लीबाट टाढा गरायो। हरमनप्रीत ३७ रन बनाएर आउट भइन् । त्यसपछि नताली सिभर (६०) र अमेलिया केर (१४) ले टोलीलाई जिताए। यसअघि यास्तिका भाटियाले ४ र हेली म्याथ्युजले १३ रन बनाएकी थिइन् ।

टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले खराब सुरुवात गरेको थियो । टोलीले दोस्रो ओभरमै शेफाली र क्याप्सीको विकेट गुमाएको थियो । जेमिमा पनि पाँचौं ओभरमा नै क्याच आउट भइन् । फुल टस बलमा मुम्बईकी इसाबेल वोङले तीनवटै विकेट लिइन् । दिल्लीले पावरप्लेको ६ ओभरमा ३ विकेट गुमाएर ३८ रन मात्रै बनाउन सकेको थियो ।

पहिलो इनिङ्समा दिल्लीकी कप्तान मेग ल्यानिङले मात्रै राम्रो खेल्न सकेकी थिइन् । उनी २९ बलमा ३५ रन बनाएर रनआउट भइन् । राधा यादव र शिखा पाण्डे २७–२७ रन बनाएर अविजित फर्किए । दुबैले १० औं विकेटका लागि २४ बलमा ५२ रन जोडे। यी बाहेक मेरियन क्याप (१८) र शेफाली वर्मा (११)ले मात्र दोहोरो अंक पार गर्न सके।

दिल्लीका बाँकी ब्याट्सम्यान जेमिमाह रोड्रिग्ज (९), जेस जोनासेन (२), मिन्नू मणि (१), तानिया भाटिया (०), एलिस क्याप्सी (०) र अरुन्धती रेड्डी (०) ले खासै केही गर्न सकेनन् । मुम्बईका लागि इसाबेल वाङ र हेली म्याथ्युजले ३–३ विकेट लिए । योसँगै अमेलिया केरले २ विकेट लिँदै एक ब्याट्सम्यानलाई रनआउट बनाइन ।

फाइनल खेल जितेको मुम्बई इन्डियन्सले वुमन्स प्रिमियर लिगको उपाधिसँगै ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ । एलिमिनेटर हारेर दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले ३ करोड र तेस्रो स्थानमा रहेको युपी वारियर्सले १ करोड रुपैयाँ पाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.